काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदी दुबैको मूल्य आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला ६ हजार ७ सय रुपैयाँ र चाँदी १ सय ४५ रुपैयाँले बढेको हो ।
बढेसँगै मंगलबारका लागि सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर चार हजार ८४५ रुपैयाँ पुगेको छ । हिजो चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

