काठमाडौँ । केहि सातादेखि निरन्तर घटी रहेको सुनको मूल्य बुधबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार एकै दिन सात हजार ४०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्यमा समेत तोलामा १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

