काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । पछिल्लो ३ दिनसम्म लगातार स्थिर रहेको सुको मूल्य सोमबार घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन २ हजार ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको हो । आइतबार सुनको मूल्य २ लाख ९४ हजार थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार ४ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

