काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला चार हजार ८२० रुपैयाँमा किनबेच भइरहेको छ ।

