२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पूर्वमन्त्री सहित १४ जना विरुद्ध भ्रष्टाचार...

पूर्वमन्त्री सहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वमन्त्री सहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, बैशाख २४ २०८३०५:२८
बिहिवार, बैशाख २४ २०८३०५:२८
  • images

    काठमाडौँ । कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बिहीबार विशेष अदालतमा कार्कीसहित पूर्वसचिव, सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तथा चिनियाँ निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल खरिद सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर तथा महसुल छुट दिइएको भन्दै कुल ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ ।

    अख्तियारका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी ऋजष्लब ऋब्ःऋ भ्लनष्लभभचष्लन ऋय।, ीतम बीच भएको खरिद सम्झौतामा कर, महसुल तथा अन्य शुल्कहरू ठेक्का रकमभित्रै समावेश गरिएको र ती शुल्क कम्पनीले नै नेपाल कानुनअनुसार तिर्नुपर्ने व्यवस्था थियो । तर त्यसविपरीत ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’ मार्फत ठेकेदार कम्पनीलाई कर छुट दिने व्यवस्था गरिएको आयोगको दाबी छ ।

    आयोगले उक्त सम्झौताका आधारमा कम्पनीले ठेक्का रकमभित्र समावेश कर तथा महसुलसमेत भुक्तानी लिएको तर राज्य कोषमा दाखिला नगरी दोहोरो लाभ लिएको जनाएको छ । आयोगका अनुसार यसबाट नेपाल सरकारले ऋण स्वरूप प्राप्त सार्वजनिक सम्पत्तिमध्ये ३ अर्बभन्दा बढी रकम हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग भएको पुष्टि भएको छ ।

    मुद्दामा तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलगायतलाई प्रतिवादी बनाइएको छ ।

    यस्तै राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे तथा शाखा अधिकृत उर्मिला भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend