२०८३, आश्विन १९ गते

images
  • विशेष
  • सिटी होटलको सेयर बिक्री प्रकरण: थप...

सिटी होटलको सेयर बिक्री प्रकरण: थप अनुसन्धानका लागि सीआईबीले सेबोनमा पठायो फाइल, तनाबमा धितोपत्र बोर्ड

सिटी होटलको सेयर बिक्री प्रकरण: थप अनुसन्धानका लागि सीआईबीले सेबोनमा पठायो फाइल, तनाबमा धितोपत्र बोर्ड

बिहिवार, बैशाख २४ २०८३०५:५४
बिहिवार, बैशाख २४ २०८३०५:५४
  • images

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सिटी होटलको सेयर बिक्री प्रकरणको फाइल थप अनुसन्धानका लागि नेपाल धितोपत्र बोर्डलाई (सेबोन) पठाएको छ । 

    सेयर खरिद बिक्रीमा अनियमितता गरेको र लगानीकर्तालाई ठगी गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा सीआईबीले प्रारम्भीक अनुसन्धान गरेर थप अनुसन्धानका लागि फाइल सेबोन पठाएको हो । 

    धितोपत्र सम्बन्धी पहिला अनुसन्धान गर्ने निकाय सेबोन भएका कारण उक्त फाइल ब्यूरोले बोर्डमा नै पठाएको हो । बोर्डले अनुसन्धान गर्दा कैफियत देखिएको खण्डमा थप अनुसन्धानका लागि, कानूनी कारबाहीका लागि पुनस् सीआईपी पठाउने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार फाइल ब्यूरोबाट बोर्डमा पठाइएको हो । 

    नियम अनुसार प्रारम्भीक चरणको अनुसन्धान गरेर थप अनुसन्धानका लागि सीआईबीले सेबोनलाई पत्र पठाएको सीआईबीका प्रवक्ता ए‌‌व प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले सीएनएन खबरलाई बताए । 

    उनले सीआईबीले ४/५ दिन अघि मात्रै थप अनुसन्धानको जिम्मा सेबोनलाई पत्र पठाएको जानकारी दिए । होटलका संस्थापकले कम्पनीले २१ लाख ५० हजार ४१८ कित्ता शेयर लिलामिमा बिक्री गरेको छ । जसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता (लकइन अवधिमा रहेका), कर्मचारी समूहतर्फ ६ हजार कित्ता र साधारण समूहतर्फ १ लाख ५४ हजार ४१९ कित्ता शेयर बिक्री गरेको थियो । 

    लकइनमा रहेको संस्थापक लगानीकर्ताको शेयर होटलले गैरकानूनी रुपमा बिक्री गरेको थियो । ३ वर्षसम्म बिक्री वितरण गर्न नपाउने कानूनी व्यवस्था रहेतापनि होटलले नियम विपरित अक्सनको नाममा संस्थापक शेयर बिक्री गरेको थियो । 

    धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ (१) अनुसार विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र आइपीओ बाँडफाड मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाँइदैन । कम्पनीले अक्सन मार्फत संस्थापकको लकइनमा रहेको हकप्रद सेयर बिक्री गरेको स्पष्ट देखिन्छ । लकइनमा भएको सेयरको हकप्रद राइट एक्सरसाइज गर्ने अधिकार पनि स्वयं लकइनमा रहेको संस्थापकको लकइन अवधिभर अहस्तान्तरणीय अधिकार हो । 

    सिटी होटलको सञ्चालक समितिले अक्सन गरेर उच्च मूल्यमा सेयर बिक्री गर्नु उपयुक्त कानुन तथा प्रणालीको दुरुपयोग गरी सर्वसाधारण जनतालाई ठगी गरेको अध्ययनले देखाएको छ ।

    यससम्बन्धी सीएनएनलेसटी होटललका लगानीकर्ताले गरेको गैरकानूनी कामको विषयमा समाचार प्रकाशन गर्दै आएको छ । कानून विपरित सिटी होटलले बेच्यो लकइनमा रहेको संस्थापक शेयर कानून विपरित सिटी होटलले बेच्यो लकइनमा रहेको संस्थापक शेयर

    अर्को निकायले देख्यो गल्ती, सेबोन हेरेको हेर्‍यै

    सिटी होटलले कानून विपरित लकइनमा रहेको संस्थापक लगानीकर्ताको शेयर बिक्री गरेर ठगी गरेको सेबोनले पत्तै पाएन । नियामक निकायको रुपमा रहेको सेबोनले देखेर पनि अन्देखा गर्यो वा पत्तै पाएन छानबिनले देखाउला । 

    तर, सेबोनले नदेखेपनि सीआईबीले सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) ले सिटी होटलका सञ्चालकले गरेको गैरकानूनी कामका पर्दाफास गरेको छ । सीडीएससीले सीआईबीमा पठाएको पत्रमा नै होटलले लकइनमा रहेको शेयर गैरकानूनी रुपमा शेयर बिक्री गरेको उल्लेख छ । 

    सो पत्रमा शेयर बिक्रीसँगै सर्वसाधारणकै आइजिमा मिसाएर संस्थापक शेयर बिक्री गरेर ठगी गरेको समेत उल्लेख छ । 

    सीडीएससीले नै सीआईबीमा ठगी गरेको भनेर पत्र पठाएपनि सीआईबीले अनुसन्धानको जिम्मा सेबोनलाई दिएको छ । देखेर पनि अन्देखा गरेका सेबोनका कर्मचारीहरुले अब थप अनुसन्धान गरेर सिटी होटललाई कारवाही गर्छन् वा गोल्यान ग्रुपसँगको मिलोमोतोमा यत्तिकै छोड्छन त्यो भने हेर्न बाँकी छ । 

    सिटी होटलले यसअघि पनि गैरकानूनी काम गर्ने र त्यसको मिडियाबाजीदेखि मुद्दा मामिलासम्म गर्दै आएको छ । उनीहरु विरुद्ध समाचार लेख्ने पत्रकारको मुख थुन्न उनीहरुले मुद्दा हाल्दै आएका छन् ।

    सम्बन्धीत समाचारः

    कानून विपरित सिटी होटलले बेच्यो लकइनमा रहेको संस्थापक शेयर कानून विपरित सिटी होटलले बेच्यो लकइनमा रहेको संस्थापक शेयर

    एकै आइजिनको खेल: सिटी होटलको निर्णयले उठायो शेयर संरचनाको गम्भीर प्रश्न एकै आइजिनको खेल: सिटी होटलको निर्णयले उठायो शेयर संरचनाको गम्भीर प्रश्न

    सिटी होटलका सञ्चालकले कानून विपरित बेचेको सेयरको विवरण सीआईबीमा, अनुसन्धान तिव्र सिटी होटलका सञ्चालकले कानून विपरित बेचेको सेयरको विवरण सीआईबीमा, अनुसन्धान तिव्र

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend