२०८३, आश्विन २१ गते

images
  • समाचार
  • राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा नेतृत्व चयन...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा नेतृत्व चयन प्रक्रिया सुरु, अध्यक्ष र विज्ञ सदस्यका लागि आवेदन आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा नेतृत्व चयन प्रक्रिया सुरु, अध्यक्ष र विज्ञ सदस्यका लागि आवेदन आह्वान

शनिवार, बैशाख २६ २०८३१२:२५
शनिवार, बैशाख २६ २०८३१२:२५
  • images


    काठमाडौँ । सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ। प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।

    सहकारी ऐन, २०७४ को व्यवस्था बमोजिम सरकारलाई उपयुक्त उम्मेदवार सिफारिस गर्नका लागि यो प्रक्रिया अघि बढाइएको हो। सूचना अनुसार उम्मेदवारहरूले अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

    अध्यक्ष पदका लागि नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) वा सो सरहको पदमा कार्य गरेको, अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्नेछ।

    विज्ञ सदस्यका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ।दरखास्त दिने अन्तिम मितिसम्म ६० वर्ष उमेर पूरा नभएको हुनुपर्ने सूचनामा उल्लेख छ।

    इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (अर्थात् २०८३ जेठ ९ गतेसम्म) ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त बुझाउन सक्नेछन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend