२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ट्राफिक कारबाहीमा चार लाख ४८ हजार...

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

सीएनएन खबर
आइतवार, बैशाख २७ २०८३१०:२४
सीएनएन खबर
आइतवार, बैशाख २७ २०८३१०:२४
  • images

    काठमाडौँ । बितेका २४ घण्टामा एक  हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ४८ हजार राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो । 

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend