२०८३, आश्विन २१ गते

images

काठमाडौँमा ठूलो दुर्घटनाबाट जोगियो टर्किस एयरलाइन्स

काठमाडौँमा ठूलो दुर्घटनाबाट जोगियो टर्किस एयरलाइन्स

सोमवार, बैशाख २८ २०८३०७:१९
सोमवार, बैशाख २८ २०८३०७:१९
  • images

    काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा आगो लागेको छ ।

    दमकलको प्रयोग गरेर आगो निभाइएको छ । ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको विमानस्थल सुरक्षा स्रोतले बतायो ।

    यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

    यात्रुहरु सकुशल छन् । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको विमानस्थल स्रोतले बतायो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend