काठमाडौँ । टर्कीको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
बिहान ६:३५ मा विमानस्थलको भुइ छोएको जहाजमा २७७ यात्रु थिए । आगो देखिनसाथ जहाज तत्काल रोकिएको र तत्काल दमकल प्रयोग गरेर आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको थियो ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सबै यात्रुलाई आकस्मिक ढोकामार्फत उद्दार गरिएको छ । सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए ।

