काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका वितरण प्रमुख महेन्द्रकुमार दासले चार्जिङ स्तेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै ग्राहकसँग घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले १ लाख ४० हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

