२०८३, आश्विन २१ गते

images
  • समाचार
  • प्रतिनिधिसभा बैठक बस्दै: नीति तथा कार्यक्रम...

प्रतिनिधिसभा बैठक बस्दै: नीति तथा कार्यक्रम छलफल

प्रतिनिधिसभा बैठक बस्दै: नीति तथा कार्यक्रम छलफल

बिहिवार, बैशाख ३१ २०८३०८:०६
बिहिवार, बैशाख ३१ २०८३०८:०६
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।

    आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

    सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो  । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३र८४ को बजेटसमेत प्रस्तुत हुनेछ । 

    त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend