काठमाडौँ । आफ्नै रेकर्ड ब्रेक गर्दै कीर्तिमानी आरोही कामिरिता शेर्पा सगरमाथा शिखरमा पुगेका छन् ।
५६ वर्षीय शेर्पाले आइतबार बिहान १०:१२ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको उनको आरोहण दल सेभेन समिट ट्रेक्सले जनाएको छ ।
उनी ‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।
सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रुपमा लिइन्छ ।

