२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सहकारी बैंकको निर्वाचन: ६ प्रदेशमा निर्विरोध,...

सहकारी बैंकको निर्वाचन: ६ प्रदेशमा निर्विरोध, बागमतीमा गठबन्धन उम्मेदवार मैदानमा

सहकारी बैंकको निर्वाचन: ६ प्रदेशमा निर्विरोध, बागमतीमा गठबन्धन उम्मेदवार मैदानमा

आइतवार, जेठ ३ २०८३०९:१२
आइतवार, जेठ ३ २०८३०९:१२
  • images

    काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वातिच भएका छन् । निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । 

    बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको हो । बागमती प्रदेशको सञ्चालकका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दलसहित तीन दलले साझा उम्मेदवार घोषणा गरेका छन् । तीन दलले संयुक्त रूपमा बागमती प्रदेशको सञ्चालकका लागि डा परितोष पौडेललाई सञ्चालक उम्मेदवार घोषणा गरेका हुन् । 

    उम्मेद्वार घोषणा गर्न आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गीता सत्याल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता केशव बडाल, खगराज अधिकारी र डा  खेमप्रसाद लोहनी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य लीलामणि पोखरेललगायतले अहिलेको परिस्थितिमा सहकारीको मूल्य, मान्यता अनुसार सहकारी अभियान सञ्चालन गर्न साझा उम्मेदवार घोषणा गरी निर्वाचित गर्ने प्रतिबद्धता जनाएका छन्। 

    राष्ट्रिय सहकारी महासङ्घका कार्यवाहक अध्यक्ष रमेश पोखरेल र बागमती प्रदेश सञ्चालक पदका उम्मेदवार पौडेलले सहकारी अभियानलाई पारदर्शी, जवाफदेही र जिम्मेवार रूपमा अघि बढाउन आज बेलुकीसम्म साझा घोषणापत्र तयार पारी सार्वजनिक गरिने जानकारी गराएका थिए । बागमती प्रदेशको सञ्चालकको निर्वाचनका लागि मतदान भने सात वटै प्रदेशका प्रतिनिधिले गर्ने व्यवस्था छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend