२०८३, आश्विन २१ गते

images
  • समाचार
  • धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको...

धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको आवेदन, सटलिस्टमा परे ४ जनामात्रै

धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको आवेदन, सटलिस्टमा परे ४ जनामात्रै

मंगलवार, जेठ ५ २०८३०४:२८
मंगलवार, जेठ ५ २०८३०४:२८
  • images

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थ मन्त्रालयअन्तर्गत धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले ४७ जना आवेदकमध्येबाट ४ जनालाई सर्टलिस्टिङ गरेको छ। 

    समितिले २०८३ वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण माग गरेको थियो। तोकिएको म्यादभित्र जम्मा ४७ जनाले विवरण पेश गरेकामा ती सबैको मूल्याङ्कन गरेपछि समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा। गोपाल प्रसाद भट्टलाई सङ्क्षिप्त सूचीमा राखेको हो।

    सङ्क्षिप्त सूचीमा परेका यी चारै उम्मेदवारसँग २०८३ वैशाख ८ गते शुक्रबार अर्थ मन्त्रालयमा छलफलका लागि बोलाइएको छ। डा. नवराज अधिकारीसँग दिनको १ बजे, विनयदेव आचार्यसँग १ः३० मिनेटमा, मुकुन्द कुमार क्षेत्रीसँग २ बजे र डा। गोपाल प्रसाद भट्टसँग २ः३० मिनेटमा छलफल हुने समितिले जनाएको छ।

    धितोपत्र बोर्डको अध्यक्ष पद केही समयदेखि रिक्त रहँदै आएकोमा यस पटक सरकारले समिति गठन गरी प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्ति गर्न लागेको हो।

    Capture.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend