२०८३, आश्विन २१ गते

images

Tokyo Whisky & Spirits Competition 2026 मा ‘द हिमालयन रिजर्भ’लाई कास्य पदक

Tokyo Whisky & Spirits Competition 2026 मा ‘द हिमालयन रिजर्भ’लाई कास्य पदक

बुधवार, जेठ ६ २०८३०२:५६
बुधवार, जेठ ६ २०८३०२:५६
  • images

    काठमाडौं । नेपाली मदिरा उद्योगले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ । नेपाली ब्रान्ड ‘The Himalayan Reserve’ ले प्रतिष्ठित Tokyo Whisky & Spirits Competition (TWSC) 2026 मा कास्य पदक (Bronze Award) जित्न सफल भएको हो ।

    गत वर्ष बेल्जियमको ब्रसेल्समा आयोजित प्रतिष्ठित Monde Selection मा स्वर्ण पदक जितेको ‘The Himalayan Reserve’ ले यस वर्ष पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो उपस्थिति बलियो बनाउँदै TWSC 2026 मा कास्य पदक हात पारेको हो ।

    Tokyo Whisky & Spirits Competition एशियाकै सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक मदिरा मूल्यांकनमध्ये एक मानिन्छ । जापानका अनुभवी विशेषज्ञहरूले ‘ब्लाइन्ड टेस्टिङ’ प्रक्रियामार्फत विश्वभरका मदिराको गुणस्तर परीक्षण गर्ने यस प्रतियोगितामा विभिन्न अन्तर्राष्ट्रिय डिस्टिलरीहरूबीच कडा प्रतिस्पर्धा हुने गर्छ ।

    प्रतिस्पर्धामा ‘The Himalayan Reserve’ ले आफ्नो विशिष्ट स्वाद, गुणस्तर र blending कौशलका आधारमा अन्तर्राष्ट्रिय निर्णायकहरूको ध्यान आकर्षित गर्दै सम्मान हासिल गरेको कम्पनीले जनाएको छ ।

    यो ब्रान्ड उत्पादन गर्ने Premier Distillery Limited का लागि समेत यो उपलब्धि महत्वपूर्ण मानिएको छ । कम्पनी नेपाली बजारमा लोकप्रिय ब्रान्डहरू Old Monk 7 Year Old Rum, Old Monk Legend Rum तथा Black Stallion उत्पादनका लागि परिचित छ ।

    कम्पनीका अनुसार यो उपलब्धिले हिमालय क्षेत्रमा उत्पादित नेपाली मदिरा विश्वस्तरीय प्रतिस्पर्धामा समेत उत्कृष्ट बन्न सक्ने क्षमता रहेको पुष्टि गरेको छ । साथै, यस सफलताले नेपाली मदिरा उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ पहिचान दिलाउने विश्वास गरिएको छ ।

    उद्योग क्षेत्रका जानकारहरूका अनुसार ‘The Himalayan Reserve’ को यो सफलता केवल एउटा ब्रान्डको उपलब्धि नभई विश्व ह्विस्की बजारमा नेपालको बढ्दो उपस्थिति र नेपाली blending कौशलको अन्तर्राष्ट्रिय मान्यताको संकेत पनि हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend