२०८३, आश्विन २१ गते

images
  • समाचार
  • जिप फ्लायरदेखि जेट स्कीसम्म, गैरकानुनी पर्यटकीय...

जिप फ्लायरदेखि जेट स्कीसम्म, गैरकानुनी पर्यटकीय खेलमा सरकारको कडाइ

जिप फ्लायरदेखि जेट स्कीसम्म, गैरकानुनी पर्यटकीय खेलमा सरकारको कडाइ

बिहिवार, जेठ ७ २०८३११:०२
बिहिवार, जेठ ७ २०८३११:०२
  • images

    काठमाडौँ । सरकारले इजाजत नलिई सञ्चालन भइरहेका पूर्वाधारयुक्त साहसिक तथा मनोरञ्जनात्मक पर्यटकीय खेलहरूविरुद्ध कडा निगरानी सुरु गरेको छ ।

    पर्यटन ऐन २०३५ तथा पर्यटन नियमावली २०८१ अनुसार अनुमति नलिई सञ्चालन भएका खेल तथा गतिविधिले पर्यटकको सुरक्षामा गम्भीर जोखिम सिर्जना गरेको भन्दै पर्यटन विभागले सूचना जारी गरेको हो ।

    विभागका अनुसार जिप फ्लायर, जेट स्की, मोटरबोट लगायतका साहसिक तथा मनोरञ्जनात्मक खेलहरू कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको पाइएको छ । यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउनुका साथै पर्यटन क्षेत्रको विश्वसनीयतामै असर पार्ने विभागको भनाइ छ ।

    विभागले अनुमति नलिई सञ्चालन भएका खेल तथा गतिविधिबारे सम्बन्धित संस्था, सञ्चालक वा व्यक्तिको नाम, ठेगाना र विवरण उपलब्ध गराउन सर्वसाधारणलाई समेत आग्रह गरेको छ ।

    सूचनामा यस्ता गतिविधिमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै सुरक्षित र व्यवस्थित पर्यटन प्रवर्द्धनमा सहयोग गर्न सबै सरोकारवालालाई अपिल गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend