२०८३, आश्विन २१ गते

images
  • समाचार
  • अन्जन श्रेष्ठले गरे महासंघमा ६ नयाँ...

अन्जन श्रेष्ठले गरे महासंघमा ६ नयाँ केन्द्रीय सदस्य मनोनीत

अन्जन श्रेष्ठले गरे महासंघमा ६ नयाँ केन्द्रीय सदस्य मनोनीत

शुक्रवार, जेठ ८ २०८३१०:५३
शुक्रवार, जेठ ८ २०८३१०:५३
  • images

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ६ जना मनोनीत भएका छन् । शुक्रबार बिहान बसेको महासंघको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा ६ जना सदस्य मनोनीत गरेको हो ।

    जसमा जिल्ला नगरबाट ३ जना, वस्तुगतबाट २ जना र एसोसियटबाट एक जना रहेका छन् । उनीहरुमा मनीषलाल प्रधान (ललितपुर), नवीन रिजाल (मोरङ), गोकर्ण कार्की (पोखरा) जिल्ला नगरतर्फबाट मनोनीत भएका छन् । यस्तै, वस्तुगत तर्फबाट कत्था उत्पादक संघका शिव प्रसाद घिमिरे र महिला उद्यमी महासंघबाट दर्शना श्रेष्ठ मनोनीत भएका छन् ।

    एसोसियट तर्फबाट हिमालयन बेम्बो प्रा।लि।की साहारा जोशी केन्द्रीय सदस्य मनोनीत भएकी छिन् ।

    महासंघको विधानमा अध्यक्षले २ जना महिलासहित ७ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनीत गर्न सक्ने प्रावधान रहेको छ । अब १ जना मनोनीति गर्न बाँकी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend