२०८३, आश्विन २१ गते

images
  • समाचार
  • मौसम अपडेटः पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा...

मौसम अपडेटः पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तातो लहरको चेतावनी

मौसम अपडेटः पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तातो लहरको चेतावनी

सीएनएन खबर
शनिवार, जेठ ९ २०८३०७:०५
सीएनएन खबर
शनिवार, जेठ ९ २०८३०७:०५
  • images

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू(भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू(भागमा मौसम मूख्यतया सफा रहेको छ । गणडकी प्रदेशका थोरै स्थानहरूमा र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

    विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू(भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू(भागका थोरै  स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू(भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना  छ । 

    गण्डकी प्रदेशको पहाडी भू(भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी भू(भागमा तातो दिन तथा तराई  भू(भागमा तातो लहर हुने सम्भावना रहेको छ ।

    साथै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू(भागमा मुख्यतया सफा रहनेछ । 

    कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका तथा कर्णाली  प्रदेशका हिमाली भू(भागका थोरै स्थानहरूमा  मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी र तराई भू(भागको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend