२०८३, आश्विन २१ गते

images
  • समाचार
  • घुस सहित अख्तियारको नियन्त्रणमा प्रमुख प्रशासकीय...

घुस सहित अख्तियारको नियन्त्रणमा प्रमुख प्रशासकीय अधिकृत

घुस सहित अख्तियारको नियन्त्रणमा प्रमुख प्रशासकीय अधिकृत

शनिवार, जेठ ९ २०८३०७:३८
शनिवार, जेठ ९ २०८३०७:३८
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई नियन्त्तणमा लिएको हो । 

    उनीमाथि सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई दुःख हैरानी दिई सेवाग्राहीसँग घुस लिएको आरोप छ । आयोगको टोलीले घुस बापत लिएके ७२ हजार रुपैयाँ सहित उनलाई नियन्त्रणमा लिएको हो । 

    उक्त रकमसँगै स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँ, ल्यापटप तथा २ थान मोबाइल रअन्य सरकारी कागजात सहित नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend