२०८३, आश्विन २१ गते

images
  • समाचार
  • तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढाउँदै...

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढाउँदै बालेन सरकार

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढाउँदै बालेन सरकार

आइतवार, जेठ १० २०८३११:२५
आइतवार, जेठ १० २०८३११:२५
  • images

    प्रधानमन्त्री बालेन सकार नेतृत्वको सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर्मचारीको तलब समायोजन गर्ने विषयमा अर्थ मन्त्रालयले आन्तरिक गृहकार्य तीव्र बनाएको स्रोतले जनाएको छ ।

    पछिल्लो पटक आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशत तलब वृद्धि गरेका थिए। ३ वर्षपछि बालेन सरकारले कर्मचारीको तलब बढाउने तयारी गरेको हो ।

    लामो समयदेखि कर्मचारीको तलब नबढेको तथा निजी क्षेत्रसँगको तुलनामा सरकारी सेवाप्रतिको आकर्षण घट्न थालेको भन्दै तलब तथा सुविधा बढाउन आवश्यक रहेको निष्कर्षमा बजेट टिम पुगेको हो।

    बढ्दो महँगी, बजार मूल्यवृद्धि तथा कर्मचारी संगठनहरूको दबाबका बीच सरकारले तलब वृद्धि गर्ने संकेत दिएको हो । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार कर्मचारीको आधारभूत तलबमा निश्चित प्रतिशत वृद्धि गर्ने वा महँगी भत्ता बढाउने विषयमा विभिन्न विकल्पमाथि छलफल भइरहेको छ ।

    सरकारले आगामी बजेटमार्फत कर्मचारीको मनोबल उच्च बनाउने, सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने तथा आर्थिक चलायमानता बढाउने उद्देश्य राखेको बताइएको छ । यद्यपि तलब कति प्रतिशतले बढ्ने भन्ने विषयमा अन्तिम निर्णय भने भइसकेको छैन ।

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बजारमा महँगीदर उच्च रहेकाले कर्मचारीले जीवन निर्वाह गर्न कठिन भएको भन्दै लामो समयदेखि तलब पुनरावलोकनको माग गर्दै आएका छन् । कर्मचारी संगठनहरूले चालु आर्थिक अवस्थाअनुसार कम्तीमा १५ देखि २० प्रतिशतसम्म तलब वृद्धि गर्नुपर्ने माग सरकारसमक्ष राखेका छन् ।

    सरकारले आगामी जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्ने बजेटमार्फत तलब वृद्धिबारे औपचारिक घोषणा गर्ने तयारी गरेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend