२०८३, आश्विन २१ गते

images
  • समाचार
  • इयू आबद्ध देशका राजदूतसँग प्रधानमन्त्री बालेन...

इयू आबद्ध देशका राजदूतसँग प्रधानमन्त्री बालेन शाहको आज छलफल, द्विपक्षीय सहकार्यका विषयमा केन्द्रित हुने

इयू आबद्ध देशका राजदूतसँग प्रधानमन्त्री बालेन शाहको आज छलफल, द्विपक्षीय सहकार्यका विषयमा केन्द्रित हुने

मंगलवार, जेठ १२ २०८३०७:२६
मंगलवार, जेठ १२ २०८३०७:२६
  • images

    काठमाडौँ । प्रधानमन्त्रीले बालेन शाहले मंगलबार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने भएका छन् । 

    शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग  संयुक्त भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।   

    प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । 

    यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend