२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६...

४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ अझै घाटामा

४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ अझै घाटामा

बुधवार, जेठ १३ २०८३०१:२६
बुधवार, जेठ १३ २०८३०१:२६
  • images

    काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा रहेका छन् भने १६ वटा संस्थान घाटामा सञ्चालन भइरहेको पाइएको छ । दुई संस्थान भने बन्द अवस्थामा रहेका छन् ।

    अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बुधबार संघीय संसद्का दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा सो कुरा उल्लेख भएको हो । 

    अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा जाने संस्थानको संख्या घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा २८ वटा संस्थान नाफामा, १५ वटा घाटामा तथा दुई वटा बन्द अवस्थामा रहेका थिए ।

    सरकारी तथ्यांकअनुसार चालु वर्षमा घाटामा जाने संस्थानको संख्या बढ्नुले सार्वजनिक संस्थानहरूको वित्तीय अवस्था चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend