२०८३, आश्विन २१ गते

images
  • समाचार
  • नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने सरकारी...

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने सरकारी अनुमान

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने सरकारी अनुमान

बुधवार, जेठ १३ २०८३०१:३३
बुधवार, जेठ १३ २०८३०१:३३
  • images

    काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान सार्वजनिक गरेको छ ।

    उपप्रधान तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले ले बुधबार संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेका हुन् ।

    आर्थिक सर्वेक्षणअनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत योगदानतर्फ बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहने उल्लेख गरिएको छ ।

    विश्व अर्थतन्त्रको विस्तार सन् २०२६ मा ३.१ प्रतिशतमा सीमित रहने अनुमान गरिए पनि प्रतिकूल अन्तर्राष्ट्रिय परिवेशबीच नेपालको अर्थतन्त्र भने चालू वर्ष ३.८५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ ।

    सर्वेक्षणमा बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशहरूको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने अनुमानसमेत गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend