काठमाडौँ । सरकारले निजामती कर्मचारीको तलब २१ प्रतिशतले बढाउने भएको छ ।
अर्थमन्त्री डां स्वर्णिम वाग्लले शुक्रबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेका हुन् ।
उनले ४ वर्षदेखि कर्मचारीको तलब नबढेको भन्दै २१ प्रतिशतले बढाउने बताए । उनका अनुसार अब कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म हुनेछ । बढेको तलब आगामी साउन १ गतेदेखि लागू हुने उनले उल्लेख गरे ।

