२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सरकारले ल्यायो २१ खर्ब २४ अर्बको...

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट, आकारमा करिब ८ प्रतिशत वृद्धि

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट, आकारमा करिब ८ प्रतिशत वृद्धि

शुक्रवार, जेठ १५ २०८३०५:४९
शुक्रवार, जेठ १५ २०८३०५:४९
  • images

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुवै सदनको संयुक्त बैठकमा आगामी आवको आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन्। 


    चालू आर्थिक वर्षका लागि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए। 

    यसमा चालू खर्चको लागि ११ अर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरिएको थियो। 

    तर ०८२ भदौको जेनजी प्रदर्शनपछि उक्त बजेट कार्यान्वयन भने सुशीला कार्की नेतृत्वमा बनेको सरकारले गरेको थियो। कार्की सरकारका अर्थमन्त्री रामेश्वर खनालले उक्त बजेट पूरै खर्च नहुने अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान गरेको थियो।  

    अर्धवार्षिक समीक्षाअनुसार सुरु विनियोजनको ८५.९६ प्रतिशत मात्रै खर्च हुने अनुमान छ। यसअनुसार चालू आवमा १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ कुल बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ। 

    त्यसैगरी अर्धवार्षिक समीक्षाअनुसार ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र उपभोक्ता मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राख्ने संशोधित लक्ष्य राखिएको छ। खर्चको संशोधित संरचनाअनुसार चालूतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख अर्थात् विनियोजनको ९५.३४ प्रतिशत खर्च हुने अनुमान छ। पुँजीगततर्फ यस वर्ष २ खर्ब ४३ अर्ब ३० करोड ३४ लाख अर्थात् विनियोजनको ५९.६५ प्रतिशत खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ। 

    वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब १९ अर्ब ४ करोड ३९ लाख अर्थात् विनियोजनको ८५.०२ प्रतिशत खर्च अनुमान गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend