२०८३, आश्विन २१ गते

images
  • समाचार
  • अर्थमन्त्रीले भनेः ५० लाखमुनिका विद्युतीय गाडीको...

अर्थमन्त्रीले भनेः ५० लाखमुनिका विद्युतीय गाडीको मूल्य घट्छ

अर्थमन्त्रीले भनेः ५० लाखमुनिका विद्युतीय गाडीको मूल्य घट्छ

सोमवार, जेठ १८ २०८३०१:०३
सोमवार, जेठ १८ २०८३०१:०३
  • images

    काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ५० लाखभन्दा मुनिको विद्युतीय गाडी ९ईभी०को मूल्य घट्ने बताएका छन् । 

    सोमबार नेपाल आर्थिक पत्रकार संघ नाफिले आयोजना गरेको पोष्ट बजेट सम्बन्धी छलफलमा उनले सो कुरा बताएका हुन् । 

    उनले विलासी इभीको हकमा भने विदेशी विनिमय सञ्चितिको सन्तुलन मिलाउन र प्रगतिशील करको सिद्धान्त अनुसार कर निर्धारण गरिएको पनि प्रस्ट पारेका छन् । 

    बजेटले सामाजिक न्यायका लागि २५ दुर्गम जिल्ला र देशभरका करिव ३ लाख १७ हजार दलित बालबालिकालाई मासिक १ हजार रुपैयाँ पोषण भत्ताको व्यवस्था गरेको पनि अर्थमन्त्री वाग्लेले बताएका छन् ।

    उनले पुँजी बजारको हकमा लगानीकर्ताको मागअनुसार करको दरमा स्पष्टता ल्याइएकाले र अब अन्योल समाप्त भएको बताउँदै असल नियत र क्षमताका साथ अर्थतन्त्रको जग बलियो बनाउने संकल्पका साथ सरकार अघि बढेको बताएका छन् ।

    अहिलेको बजेट आयकरमा छुट दिएर उपभोगमा कस्ने नीति अनुसार आएको मन्त्री वाग्लेले जानकारी दिए । यसरी अघि बढ्दा अहिलेको सुस्त आर्थिक अवस्थाबाट बाहिर निस्कन सकिन्छ भन्ने आधारभूत आर्थिक सिद्धान्तलाई टेकेर बजेट बनाइएको जानकारी उनले दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend