२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आजदेखि संसदमा बजेटमाथि बहस सुरु, अर्थमन्त्री...

आजदेखि संसदमा बजेटमाथि बहस सुरु, अर्थमन्त्री वाग्लेले प्रस्ताव पेश गर्ने

आजदेखि संसदमा बजेटमाथि बहस सुरु, अर्थमन्त्री वाग्लेले प्रस्ताव पेश गर्ने

मंगलवार, जेठ १९ २०८३०६:४१
मंगलवार, जेठ १९ २०८३०६:४१
  • images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल औपचारिक रूपमा प्रारम्भ हुने कार्यसूची रहेको छ।

    बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन्। सो प्रस्तावमाथि प्रतिनिधि सभाका सदस्यहरूले बजेटका विभिन्न पक्ष, प्राथमिकता, कर नीति, खर्च व्यवस्थापन तथा आर्थिक सुधारका कार्यक्रमबारे धारणा राख्नेछन्।

    सरकारले गत शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आजदेखि संसदमा औपचारिक बहस सुरु हुन लागेको हो। बजेटमा समेटिएका कर, राजस्व, सामाजिक सुरक्षा, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा निजी क्षेत्रसँग सम्बन्धित व्यवस्थामाथि सांसदहरूले समर्थन र आलोचना दुवै प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    संसद सचिवालयका अनुसार आगामी केही दिनसम्म बजेटमाथिको सामान्य छलफल जारी रहनेछ भने त्यसपछि मन्त्रालयगत शीर्षकमाथि विस्तृत छलफल र विनियोजन विधेयकमाथिको प्रक्रियामा संसद प्रवेश गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend