काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पार्टी कार्यालयबाटै पक्राउ गरेको छ ।
शुक्रबार साँझ पार्टी कार्यालयबाट प्रक्राउ परेका उनलाई प्रहरीले पोखरातिर हिँडाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र कार्यकर्ताको ठूलो पंति प्रहरीको गाडीलाई पछ्याउँदै पोखरा लागेका छन् ।
रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले दुवै पोखरा जाँदैछन् । स्वर्णिम पहिले नै प्रस्थान गरिसकेको बुझिएको छ । रास्वपाका अधिकांश पदाधिकारीहरू प्रहरीको गाडी पछिपछि हिँडेका छन् ।
रविकी पत्नी निकिता पौडेल पनि पोखरा जाँदैछिन् । उनी आफ्नै गाडी चढेर हिँडेकी हुन् ।
रास्वपाको युवा दस्ता (र्यापिड एक्सन टीम) पनि रविप्रति समर्थन जनाउन पोखरा जाने भएको छ । यसका लागि गाडीहरूको बन्दोवस्त मिलाउने काम भइरहेको स्रोतले बतायो ।

