२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • मीनबहादुरबाट जग्गा दान लिएकोमा विरोध गर्ने...

मीनबहादुरबाट जग्गा दान लिएकोमा विरोध गर्ने नेताहरूलाई एमालेले स्पष्टीकरण सोध्ने

मीनबहादुरबाट जग्गा दान लिएकोमा विरोध गर्ने नेताहरूलाई एमालेले स्पष्टीकरण सोध्ने

आइतवार, कार्तिक ४ २०८१०९:४१
आइतवार, कार्तिक ४ २०८१०९:४१
  • images

    काठमाडौं ।  नेकपा (एमाले)ले भवन निर्माणका विषयमा असहमति राख्ने तीन जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको सचिवालय बैठकले मीनबहादुर गुरूङबाट जग्गा लिने निर्णयको विरोध गर्ने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

    स्पष्टीकरण सोधिएकाहरुमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोधेको हो। पार्टीको विभिन्न नीतिबारे सार्वजनिक रूपमै आलोचना गर्दै आइरहेका उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    उनीहरूलाई पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकोमा कारबाही गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। गुरूङले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित मित्रनगरमा जग्गा दान दिएका थिए।

    त्यहाँ दसैँको अष्टमीका दिन प्रधानमन्त्री केपी शर्मा ओली र मीनबहादुर गुरूङले पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए।

    एमालेले पार्टी कार्यालय भवन बनाउनका लागि भनेर कार्यकर्ताहरूसँग पनि यसअघि नै पैसा उठाएको थियो। बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाले बैठकमै र सार्वजनिक मञ्चहरूमा पनि पार्टी कार्यालय भवन बनाउन व्यापारीबाट जग्गा दानमा लिने अवस्थामा एमाले नपुगेको बताएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend