२०८३, कार्तिक १ गते

images
  • राजनीति
  • खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने,...

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

images
शुक्रवार, आश्विन ३० २०८३१०:५७
शुक्रवार, आश्विन ३० २०८३१०:५७
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । 

    सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो । असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षति पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले आफ्नै खर्चमा नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्ने सम्झौता गरेको छ । 

    काठमाडौँ महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई जिम्मेवारी दिएको छ । 

    मर्मत सम्बन्धी सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चभित्रका सम्पूर्ण भागहरूमा भूमि सम्याएर उच्च गुणस्तरको दुबो घाँस रोप्ने र प्राविधिक रेखदेखसहित त्यसको उचित स्याहार गरिनेछ। 

    यस कार्यका लागि लाग्ने सम्पूर्ण आर्थिक भार तथा लागत नेपाली कांग्रेस स्वयंले बेहोर्ने सहमति भएको दुवालले जानकारी दिए । पुनःस्थापनाका लागि ४५ दिनको समयसीमा निर्धारण गरिएकोमा शुरूआती १५ दिनभित्र दुबो रोप्ने कार्य सम्पन्न गरिनेछ भने बाँकी ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने र पूर्ण रूपमा हराभरा बनाइने छ । 

    दुबो रोप्ने एवं स्याहार संरक्षण गर्ने कार्यमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिलाई कांग्रेस केन्द्रीय कार्यालयले स्वयंसेवकको जिम्मेवारी सुम्पिएको छ । यसको संयोजन काठमाडौँ महानगरका सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन् । काम पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार महानगरलाई बुझाउन योग्य अवस्थामा खुलामञ्च परिसर हस्तान्तरण गरिने वैद्यले बताए । 

    कूल सम्झौता रकममध्ये ८० प्रतिशत पेश्की उपलब्ध गराइने र बाँकी २० प्रतिशत रकम कार्य सम्पन्न भएपछि प्रदान गरिने वित्तीय सम्झौतापत्रमा उल्लेख छ । सार्वजनिक कार्यक्रम आयोजना गरिसकेपछि सो स्थललाई अझ सुन्दर र व्यवस्थित बनाएर फर्काउने कांग्रेसको यो कदमले नागरिकस्तर तथा वातावरणीय वृत्तमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend