काठमाडौँ । सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
दशैं अघिको अन्तिम सेयर कारोबार दिन बजार ८.२३ अंकले बढेर परिसूचक २६३४.१७ बिन्दु कायम भएको छ । कारोबारमा १७४ कम्पनीको मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा ३४८ कम्पनीको १ करोड ३३ लाख ७६ हजार ४८९ कित्ता सेयर ४ अर्ब ८८ करोड ८९ हजार १०८ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा वित्त,लगानी, निर्जीवन बीमा, अन्य र ट्रेडिङ समूह उपसूहको सूचक घटको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।
कारोबारमा चिरख्वा हाइड्रो, बेनी हाइड्रोप्रोजेक्ट,शुभम पावर,एभरेष्ट कलर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स,नेपाल रिइन्स्योरेन्स,मन्जु श्री फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


