काठमाडौँ । सेयर बजारमा हरियाली छाएको छ । आजको कारोबारमा बजार मापन गर्ने सूचक २१.३२ अंकले बढेर परिसूचक २६२१.२६ बिन्दु कायम भएको छ ।
कारोबारमा १८८ कम्पनीको मूल्य बढेको छ भने ८० वटा कम्पनीको मूल्य घटेको छ । कारोबारमा सबै उपसमूहका सूचकमा हरियाली देखिएको छ ।
जसले बजारमा हरियाली छाउन सहयोग गरेको छ ।
आज कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । बैंकको २६ करोड ४६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।
यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमश: घलेम्दी हाइड्रो र लक्ष्मी सनराइज बैंक रहेको छ ।


