काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको २८ औँं वार्षिक साधारण सभा बुधबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधारण सेयर धनिको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको । साथै त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन के.सीलाई पुनः नियुक्ति गर्ने निणर्य गरेको छ ।
यसका साथै, सोही साधारण सभाले बैंकको आर्थिक बर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर गरी जम्मा ६ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस शेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयर सहित बैंकको चुक्ता पुँजी १५ अर्ब ४५ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो ।
होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


