२०८३, आश्विन २८ गते

images
  • बिमा
  • सूर्यज्योति लाइफले ल्यायो ‘कस्टमर ३६०’ पोर्टल,...

सूर्यज्योति लाइफले ल्यायो ‘कस्टमर ३६०’ पोर्टल, ग्राहकलाई केवाईसी विवरण अद्यावधिक गर्न आग्रह

सूर्यज्योति लाइफले ल्यायो ‘कस्टमर ३६०’ पोर्टल, ग्राहकलाई केवाईसी विवरण अद्यावधिक गर्न आग्रह

images
बुधवार, आश्विन २८ २०८३०५:११
बुधवार, आश्विन २८ २०८३०५:११
  • images

    काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूको व्यक्तिगत पहिचान विवरण (KYC Details) सहज, सुरक्षित तथा डिजिटल माध्यमबाट अध्यावधिक गर्ने उद्देश्यले ‘Customer 360’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ।

    कम्पनीको प्रणालीमा रहेका ग्राहकहरूको KYC विवरण अध्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक विवरण प्राप्त गर्न तथा कम्पनीमा दर्ता भएका दाबीहरूको अवस्था हेर्न Customer 360 उपयोगी हुने कम्पनीले जनाएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकलाई आफ्ना बीमा सम्बन्धी विवरणमा सहज पहुँच प्रदान गर्नुका साथै सेवा प्रक्रियालाई थप सरल र प्रभावकारी बनाउने उद्देश्यले यो पोर्टल सञ्चालनमा ल्याइएको हो।

    कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई Customer 360 मा लगइन गरी आफ्नो व्यक्तिगत KYC विवरण यथाशीघ्र जाँच तथा अध्यावधिक गर्न अनुरोध गरेको छ।

    Customer 360 मार्फत KYC कसरी अध्यावधिक गर्ने?

    ग्राहकहरूले सूर्यज्योति लाइफको आधिकारिक वेबसाइट suryajyotilife.com मा गई Customer 360 मा क्लिक गरेर प्रक्रिया सुरु गर्न सक्नेछन्। दर्ता गरिएको मोबाइल नम्बर वा इमेल ठेगाना प्रयोग गरी लगइन गर्न सकिनेछ।

    पहिलो पटक लगइन गर्ने ग्राहकले दर्ता गरिएको मोबाइल नम्बर वा इमेल enter गरि Forgot Password विकल्पमार्फत password set गरी लगइन गर्न सकिनेछ वा OTP प्रयोग गरी login गर्न सकिनेछ।

    लगइन गरेपछि KYC Details मा गई कम्पनीको प्रणालीमा रहेको आफ्नो व्यक्तिगत विवरण जाँच गरी आवश्यक विवरण अध्यावधिक गर्न सकिनेछ।

    कम्पनीका अनुसार ग्राहकको विवरणलाई अद्यावधिक राख्नुले बीमा सेवा तथा ग्राहकसम्बन्धी आवश्यक प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

    Customer 360 तथा KYC विवरण अध्यावधिक गर्ने क्रममा कुनै समस्या वा थप जानकारी आवश्यक भएमा ग्राहकहरूले सूर्यज्योति लाइफसँग विभिन्न माध्यमबाट जस्तैः ईमेल, WhatsApp / Facebook / Landline Number, वा नजिकको शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

    कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई Customer 360 मा लगइन गरी आफ्नो KYC विवरण यथाशीघ्र अध्यावधिक गर्न पुनः अनुरोध गरेको छ।
    Customer 3a60 लाई ग्राहकका लागि एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ । ग्राहकले बीमासम्बन्धी सेवा तथा आवश्यक जानकारी डिजिटल माध्यमबाट सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस प्लेटफर्ममा उपलब्ध सेवाहरूलाई आवश्यकता अनुसार थप विस्तार गर्दै लैजाने कम्पनीको योजना रहेको छ ।

    यस डिजिटल सेवाले ग्राहकलाई बीमासम्बन्धी जानकारी तथा सेवामा सहज पहुँच प्रदान गर्नुका साथै सेवा प्रवाहलाई थप छिटो, सरल र प्रभावकारी बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend