काठमाडौँ । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको असोज २७ गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार भट्टराईको कार्यकाल २०८३ कार्तिक १५ गतेबाट सुरु हुनेछ । भट्टराई हाल बैंककै सिनियर डेपुटी सीइओ र चिफ क्रेडिट अफिसरको रुपमा कार्यरत छन् ।


