२०८३, आश्विन २१ गते

images

सुनचाँदीको मूल्यमा पुनः नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा पुनः नयाँ रेकर्ड

सोमवार, कार्तिक ५ २०८१११:२१
सोमवार, कार्तिक ५ २०८१११:२१
  • images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त कायम सुनको मूल्य हालसम्मकै उच्च हो। सुनकाे मूल्यले निरन्तर पाँचौ दिन नयाँ रेकर्ड बनाएकाे हाे । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    यस दिन चाँदीको मूल्य पनि नयाँ उचाईमा पुगेकाे छ । यस दिन चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर दोस्रो दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend