२०८३, आश्विन २१ गते

images

शेयर बजार ५७ अंकले घट्दा कारोबारमा पनि गिरावट

शेयर बजार ५७ अंकले घट्दा कारोबारमा पनि गिरावट

सोमवार, कार्तिक ५ २०८१०४:१०
सोमवार, कार्तिक ५ २०८१०४:१०
  • images

    काठमाडौं । दशैं सकिएयता लगातार ३ दिन बढेको बजार आइतबारबाट भने घट्न थालेको छ । आइतबार ४७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि ५७.९९ अंकले घटेको हो । 

    आज नेप्से २.१४ प्रतिशतले घटेर २६३९.९२ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । आज ५ अर्ब ९० करोड ८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । बजार खुल्ला रहँदासम्म १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच भएको थियो । 


    साेमबार २३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा समूहमध्ये सबै समूह राताम्ये भएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.३८ प्रतिशतले घटेर ३ हजार १८७.५६ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.७२ प्रतिशतले घटेर २१.१३ विन्दुमा पुगेको छ । 

    त्यस्तै, वाणिज्य बैंक समूह २.३० प्रतिशतले, विकास बैंक समूह १.७८ , होटल एण्ड टुरिजम समूह १.६६ , लगानी २.५१ , जीवन बीमा २.१५ , उत्पादन तथा प्रशोधन १.६५ , लघुवित्त १.८९ , निर्जीवन बीमा १.७६ , अन्य समूह २.३४ र ट्रेडिङ समूह ०.२८ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend