२०८३, आश्विन २१ गते

images

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीमा तेस्रो रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीमा तेस्रो रेकर्ड

मंगलवार, कार्तिक ६ २०८१०१:०३
मंगलवार, कार्तिक ६ २०८१०१:०३
  • images

    काठमाडौं । सुनको मूल्यले लगातार छैँटौ दिन नयाँ रेकर्ड कायम गरेको छ । त्यस्तै चाँदीको मूल्यले पनि लगातार तेस्रो दिन रेकर्ड कायम गरेको छ ।

    मंगलबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महसंघले आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले निरन्तर छैटौं दिन पनि नयाँ रेकर्ड बनाएको हो ।
    आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला दुई हजार ९० रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर तेस्रो दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend