काठमाडौँ । बम राखेको हल्ला फैलिएको भारतको नयाँदिल्लीबाट आएको भिस्तारा जहाजमा रहेका १५७ जना यात्रुलाई अनुसन्धानका लागि आइसोलेसनमा राखिएको छ।
अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सुरक्षा मापदण्डअनुसार अहिले विमान, यात्रु र ब्याजेगमाथि अनुसन्धान थालिसकिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए।
उडान नम्बर ‘यूके १५५’को उक्त विमान काठमाडौँमा आज अपराह्न ४ः३० बजे अवतरण भएको थियो।
अहिले विमानस्थलका अन्य उडानहरु भने सञ्चालन भइसकेको विकले जानकारी दिए । सेनाको बम डिस्पोजल टोलीसहितका सुरक्षा अधिकारीहरुले अनुसन्धान थालिसकेका पनि उनले बताए।
भिस्ताराको जहाजमा बम राखेको हल्ला, त्रिभुवन विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन

