२०८३, कार्तिक २३ गते

  • समाचार
  • सिंहदरबारभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य...

सिंहदरबारभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य गैरे घाइते

सिंहदरबारभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य गैरे घाइते

images
शुक्रवार, कार्तिक २० २०८३०४:१०
शुक्रवार, कार्तिक २० २०८३०४:१०
  • images

    काठमाडौं । सिंहदरबार परिसरभित्रै गाडीको ठक्करबाट राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन्। शुक्रबार सिंहदरबारभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा गैरेलाई बा.१७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिएको हो।

    ट्राफिक प्रहरी स्रोतका अनुसार उक्त गाडी पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको भएको दाबी गरिएको छ।

    यद्यपि, गाडी र त्यसका सम्बन्धमा थप विवरण बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीले बताएका छन्।

    गाडीको ठक्करबाट सामान्य घाइते भएकी गैरेलाई ठक्कर दिने सोही गाडीमा राखेर उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend