काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १ अर्ब नाफा गरेको छ । बैंकको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कुल १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
गत वर्षको यसै अवधिको तुलनामा यस बैंकको नाफा ३१।६१ प्रतिशतले बढेको छ।
गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पियरमेन्ट चार्ज घटेकाले नाफा बढेको हो।
गत वर्ष बैंकको इम्पियरमेन्ट चार्ज १ अर्ब ७८ करोड रहेकोमा यस वर्षको पहिलो ३ महिनामा १ अर्ब ७ करोड कायम भएको छ।
गत वर्षको यसै अवधिको तुलनामा बैंकको खराब कर्जा भने बढेको छ। गत आर्थिक वर्ष ४।३८ प्रतिशत रहेको खराब कर्जा बढेर ४।४७ प्रतिशत पुगेको छ।
गत वर्षको बैंकको सञ्चित जेगडासमेत जोड्दा बैंकको वितरणयोग्यो नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ।

