२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • भीड जम्मा गरेर न्याय निरुपण प्रभावित...

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्ता पक्ष दलहरुको आग्रह

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्ता पक्ष दलहरुको आग्रह

बुधवार, कार्तिक ७ २०८१०२:५०
बुधवार, कार्तिक ७ २०८१०२:५०
  • images

    काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ। बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ।

    समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। तर रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सत्तारुढ दलहरुले भने सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरुपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेको छ।

    बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले पनि उचित होइन।’

    फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरुको निष्कर्ष छ। ‘संसदले नै निर्देशन दिएको अवस्थामा छानबिन प्रक्रिया अगाडि बढ्ददा सहज रुप लिनुपर्छ’, उनले भने, ‘अहिले गरिएको छानबिनमाथि प्रश्न उठाउने अदालतमै गएको हो।’

    सत्ता पक्षको कुनै आग्रह नभएको भन्दै एमाले महासचिव पोखरेलले छानबिनको प्रक्रिया निश्पक्ष र पारदर्शी रुपमा अगाडि बढ्ने बताए। साथै उनले भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई आग्रह गरे। ‘लोकतान्त्रिक प्रक्रियालाई डिरेल गर्ने, कानुनी राज्यको अवधारणालाई कमजोर बनाउने कुनै गतिविधि नगर्न र कुनै गतिविधि नगर्न म राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा कार्यकर्तालाई अनुरोध गर्न चाहन्छु’, उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend