२०८३, आश्विन २१ गते

images

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा वृद्धि

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा वृद्धि

बुधवार, कार्तिक ७ २०८१०४:१०
बुधवार, कार्तिक ७ २०८१०४:१०
  • images

    काठमाडौं । बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।आज शेयर बजार २० दशमलव ४१ अंकले घटेर दुई हजार छ सय ४५ को विन्दुमा कायम भएको हो । आज ७६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ५५ कम्पनीको शेयर मूल्य घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    योसँगै आज आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको शेयर मूल्य बढेको छ । आज यस कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो । साथै समृद्धि फाइनान्सको ९ दशलमव ९३ प्रतिशत र एनआइसी एसिया डिबेञ्चरका इकाईको मूल्य ८ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य घटेको छ । यस कम्पनीको मूल्य ४ प्रतिशतले घटेको हो ।

    समूहगत रुपमा व्यापार समूहको मूल्य ०.२५ र फाइनान्स समूहको मूल्य २.३२ प्रतिशतले बढेको छ । आज बैंकिङ समूहको शेयर मूल्य भने अधिक घटेको छ । यस समूहको मूल्य आज १.७० प्रतिशत घटेको हो । साथै विकास बैंककाे ०.६५, होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर ०.५३, लगानी ०.३५, जीवन बीमा ०.७१, उत्पादन ०.३८, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.४३ र अन्य समूहको मूल्य ०.४५ प्रतिशतले घटेको छ । 

    यस्तै, मंगलबारको तुलनामा आज कारोबार रकममा भने वृद्धि भएको छ । हिजो ३१४ कम्पनीको एक करोड ९ लाख ६२ हजार दुई सय ८१ कित्ता शेयर किनबेच हुँदा चार अर्ब १७ करोड माथिको शेयर कारोबार भएको थियो भने आज ३२४ कम्पनीको एक करोड ५७ लाख ४२ हजार पाँच सय १४ कित्ता शेयर किनबेच हुँदा छ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै कुमारी बैंकको २६ करोड ९७ लाख रुपैयाँ र साहस ऊर्जाको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend