२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • वडाअध्यक्ष अमेरिका पलायन, स्थानीयले लगाए वडामा...

वडाअध्यक्ष अमेरिका पलायन, स्थानीयले लगाए वडामा ताला

वडाअध्यक्ष अमेरिका पलायन, स्थानीयले लगाए वडामा ताला

बिहिवार, कार्तिक ८ २०८१०९:३४
बिहिवार, कार्तिक ८ २०८१०९:३४
  • images

    काठमाडौँ । अमेरिका गएका वडाअध्यक्ष नफर्किएपछि स्थानीयले वडामा ताला लगाएका छन् । अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

    गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिम समय दिएको थियो ।

    उनी नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए ।

    वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित हुन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend