२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • मर्स्याङ्दीका स्थायी बासिन्दालाई मासिक ५० युनिटसम्म...

मर्स्याङ्दीका स्थायी बासिन्दालाई मासिक ५० युनिटसम्म निःशुल्क बिजुली

मर्स्याङ्दीका स्थायी बासिन्दालाई मासिक ५० युनिटसम्म निःशुल्क बिजुली

मंगलवार, आश्विन १३ २०८३०५:३९
मंगलवार, आश्विन १३ २०८३०५:३९
  • images

    काठमाडौँ । मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने परिवारलाई मासिक ५० युनिटसम्म निःशुल्क विद्युत् सुविधा उपलब्ध गराउने भएको छ।

    गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअन्तर्गत ‘उज्यालो मर्स्याङ्दी’ कार्यक्रममार्फत यस्तो सुविधा लागू गर्न लागिएको हो।

    गाउँपालिकाले जारी गरेको सूचनाअनुसार निःशुल्क विद्युत् सुविधाका लागि गाउँपालिकाभित्रका सम्पूर्ण वडाबाट आवेदन संकलन गर्ने प्रक्रिया सम्पन्न भइसकेको छ। गाउँपालिकाको लाभग्राही छनोट समितिबाट छनोट भएका लाभग्राहीलाई गाउँ कार्यपालिकाबाट स्वीकृत गर्ने निर्णयपछि नेपाल विद्युत् प्राधिकरण, लमजुङ वितरण केन्द्रबाट थप परीक्षणसमेत गरिएको जनाइएको छ।

    त्यसपछि मर्स्याङ्दी गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रबीच समझदारीपत्र (MoU) तथा कार्यसम्झौता सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

    सम्झौतापछि २०८३ साल असोज महिनादेखि योग्य लाभग्राहीलाई मासिक ५० युनिटसम्मको विद्युत् सुविधा निःशुल्क उपलब्ध गराइनेछ।

    गाउँपालिकाले निःशुल्क विद्युत् सुविधा प्राप्त गर्ने लाभग्राही तथा सरोकारवालालाई समझदारीपत्र तथा कार्यसम्झौताअनुसार आवश्यक प्रक्रिया पालना गर्न आग्रह गरेको छ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलद्वारा जारी सूचनामा निःशुल्क विद्युत् सुविधा लागू गरिएको सम्बन्धमा जानकारी गराइएको उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend