२०८३, मंसिर ७ गते

  • राजनीति
  • काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

images
बुधवार, मंसिर २ २०८३१२:२७
बुधवार, मंसिर २ २०८३१२:२७
  • images

    काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

    श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी हुन्।

    उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित।’

    आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेको उल्लेख गर्दै उनले महानगरको विकास र रूपान्तरणमा आफ्नो अनुभव उपयोग गर्ने संकेत गरेकी छन्।

    श्रेष्ठको घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धालाई लिएर राजनीतिक वृत्तमा चासो बढ्ने देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend