२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआईसी एसिया...

खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआईसी एसिया बैंक : नाफामा उच्च गिरावट

खराब कर्जामा चुर्लुम्मै डुब्यो एनआईसी एसिया बैंक : नाफामा उच्च गिरावट

बिहिवार, कार्तिक ८ २०८१०५:२४
बिहिवार, कार्तिक ८ २०८१०५:२४
  • images

    काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्दै स्थापना भएको निजी क्षेत्रको एनआईसी एसिया बैंक झन् पछि झन् चुर्लुम्मै डुब्न थालेको छ । पछिल्लो समयको तथ्यांकले बैंकहरुको निष्क्रिय कर्जामा भारी वृद्धि भएको छ । 

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण हेर्दा गत वर्षको असोज मसान्तसम्म यस्तो कर्जा कुल कर्जामा १.३७ प्रतिशत रहेकोमा यो वर्षको असोज मसान्तसम्म ४.२४ प्रतिशत छ । यसले बैंकले ऋणीबाट समयमै उठाउन नसकेको साँवा तथा ब्याज रकम उच्च दरले बढेको देखाउँछ । 

    बैंक वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ । यसलाई नन पर्फमिङ लोन अर्थात् एनपिएल पनि भनिन्छ ।

    सामान्यतया बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका असल तथा सुक्ष्म निगरानीमा रहेका कर्जालाई सक्रिय कर्जा र भाका नाघेका कर्जालाई निष्कृय कर्जा हो । यसरी हेर्दा एनआईसी एसिया बैंकको खराब कर्जा झन् पनि छन् बढ्दो क्रममा रहेको छ । यसले पनि यस बैंकको अवस्था कमजोर रहेको देखिन्छ । 

    नाफामा पनि उच्च गिरावट 

    खराब कर्जा बढ्दै गएको एनआईसी एसिया बैंकको नाफामा पनि उच्च गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा समीक्षा अवधिमा ८९ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा ११ करोड ५ लाख रुपैयाँ मात्रै कमाएको छ । 

    घट्यो प्रतिसेयर आम्दानी

    करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

    प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफल को आधार पनि हो ।

    अतः प्रतिसेयर आम्दानी कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्वपूर्ण औजार पनि हो । यसरी हेर्दा एनआईसी एसिया बैंकको  प्रतिसेयर आम्दानी जम्मा २ रुपैयाँ ९१ पैसा छ  भने प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ । 
    यसले एनआईसीको अवस्था नाजुक देखाउँछ ।

    वितरणयोग्य नाफा ऋणात्मक 

    बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक रहेको छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ । 

    कमिसन आम्दानीमा पनि उच्च गिरावट

    त्यस्तै बैंकको फी तथा अन्य कमिसन आम्दानीमा पनि उच्च गिरावट देखिएको छ । यस्तो आम्दानी पहिले ७३ करोड रहेकोमा अहिले ३४ करोडमा झरेको छ । 

    पहिले लोन लस प्रोभिजन अर्थात्  इम्पेरिमेन्ट चार्ज वापत ६४ करोड छुट्याएकोमा यो पटक बढेर १ अर्ब १६ करोड पुगेको छ । सीडी रेसियो ७९ प्रतिशत छ । आधार दर एक वर्षको अवधिमा १०.५६ बाट ८.३७ प्रतिशतमा झरेको छ । 

    काण्डै काण्डले भरिएको बैंक

    नेपालमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै काण्डै काण्ड हुने बैंकको शिर्ष स्थानमा एनआईसी एसिया बैंकलाई लिन सकिन्छ । 
    यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरु बहिर आएका छन् । विगतमा सबैभन्दा विश्वासीलो र भरपर्दो दाबी गरिएपनि बैंकप्रति अहिले सेवाग्राहीको विश्वास घट्दै गएको छ । केही समय अघि बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेको छ । 

    त्यस्तै, एनआईसीमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले नदिनेसम्मका हर्कत गर्ने गरेका गुनासाहरु आउने गरेका छन् । 

    राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित गरेको थियो । बैंकले पुँजीकोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब रुपैयाँको फर्जी कर्जा समेत देखाएर विवरण पठाएको थियो । त्यतिबेला बैंकको २ खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा करिब ४७ प्रतिशत देखाइएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend