२०८३, आश्विन २१ गते

images

डेडिकेटेड र ट्रंक लाइन विवादः काटियो तीन दर्जन उद्योगको लाइन

डेडिकेटेड र ट्रंक लाइन विवादः काटियो तीन दर्जन उद्योगको लाइन

शुक्रवार, कार्तिक ९ २०८१०८:५७
शुक्रवार, कार्तिक ९ २०८१०८:५७
  • images

    काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका झन्डै तीन दर्जन उद्योगको विद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत बक्यौता नतिर्ने उद्योगको पुनः लाइन काटेको छ । 

    प्राधिकरणका अनुसार बिहीबार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको हो ।

    हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको बुझिएको छ ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेका थिए । मन्त्रीसँगको भेटपछि उनले आधा दर्जन बढी उद्योगको लाइन काटेका हुन् ।

    बक्यौता नतिर्ने सबै उद्योगको लाइन क्रमशस् काट्दै जाने तयारी प्राधिकरणको छ । उद्योगीहरुलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न तीन महिनाको समय दिएर लाइन जोडिदिएको थियो । तीन महिनाको अवधि बिहीबार पूरा भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend