२०८३, आश्विन २१ गते

images

धनतेरसमा सुनको असर्फी बेच्दै राष्ट्र बैंक

धनतेरसमा सुनको असर्फी बेच्दै राष्ट्र बैंक

शुक्रवार, कार्तिक ९ २०८१०२:३९
शुक्रवार, कार्तिक ९ २०८१०२:३९
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन कात्तिक १३ गते सुनको असर्फी बिक्री गर्ने भएको छ । आगामी मंगलबार एक दिनको लागि मात्रै राष्ट्र बैंकको टक्सार महाशाखाले २.५ ग्राम तौलको उक्त सिक्का बिक्री गर्न लागेको हो ।

    उक्त दिन बिहान ११ बजेदेखि अप।राह्न ४ बजेसम्म सिक्का बिक्री गर्ने र एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । सुनको सिक्काको मूल्य भने सोही दिनको सुनको बजार मूल्यका आधारमा निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने कात्तिक ११ देखि १४ गतेसम्म सोही समयमा बिक्री हुनेछ । यसको मूल्य राष्ट्र बैंकले निर्धारण गरिसकेको छ । यसको मूल्य तैल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८५७५ रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ ।

    सुन तथा चाँदीको सिक्का, मेडालियन तथा असर्फी किन्नको लागि क्युआर कोडमार्फत् भुक्तानी अनिवार्य रहेको समेत राष्ट्र बैंकले जनाएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend